Wednesday, February 12Nepal News Portal
Shadow

साढे २० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत


काठमाडौं । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको मन्त्रालयले बताएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले गत भदौ ९ गते सय दिनको कार्ययोजना सार्वजनिक गर्दा असोज मसान्तसम्ममा ३ लाख किसान सूचीकरण गर्ने बताएका थिए । तर असोज १० गतदेखि तीन दिनसम्म परेको वर्षाले ल्याएको बाढी, पहिरो र डुबानका कारण मन्त्रालयले लक्ष्य अनुसार काम गर्न नसकेको सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

महिना दिनमा १ लाख ३५ हजार मात्र किसान सूचीकरण भएको उनको भनाई छ । किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसान
लाई उपलब्ध गराउने सेवा, सुविधा र अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणाली मार्फत कृषक घरधुरी सूचीकृत भएको गरिएको मन्त्रालयले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्