Thursday, July 17Nepal News Portal
Shadow

नेप्से १८ अंकले घट्यो


काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८.२५ अंकले घटेर २,६२७ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९. ७५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फन्डका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्