Sunday, November 16Nepal News Portal
Shadow

क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित


काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०को सञ्चार तथा सूचना (प्रविधि) (आईसीटी)  उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् । नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो ।

उपसमितिको संयोजकको रूपमा प्रा।डा। सुवर्ण शाक्य रहेका छन् । सदस्यहरूमा चिरञ्जीवी अधिकारीसहित प्राडा। मनिष पोखरेल, डा। बाबुराम दवाडी, डा। भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् । यसैगरी प्रदीप ढोडारी सदस्य सचिवको भूमिकामा रहेका छन् ।

नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ ।

समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए । चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् ।

अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् ।

अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्