काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि २० रूपैयाँ बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।