Sunday, March 16Nepal News Portal
Shadow

राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्।

चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन्।

यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्