Monday, September 16Nepal News Portal
Shadow

एउटा बैंकको एटिएम कार्ड प्रयोग गरि अर्को बैंकको एटीएम मेसिनमा पैसा निकाल्दा शुल्क लाग्ने


काठमाडौं, (ससं) । माघ १ गते (आज) देखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी एक बैंकको एटीएमबाट अर्काे बैंको हो।

तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा भने शुल्क लाग्ने छैन् । महिनामा दुई पटकभन्दा बढीको कारोबारमा भने शुल्क लाग्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटीएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्।

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनु पर्ने माग गर्दै आएका थिए भने शुल्क नपाएपछि खर्च घटाउन उनीहरुले शाखा कार्यलयभन्दा बाहिर रहेका एटिएम बुथहरु हटाउन थालेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्