काठमाडौं, (ससं) । चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने सबै आवेदकहरुले चन्द्रागिरि केबुलकारको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वासलाई मध्येनजर गर्दै कम्पनीले उक्त् छुट दिने व्यवस्था गरेको हो ।
कम्पनीले उक्त योजना आज सार्वजनिक गरेको छ । छुट पाउनका लागि आवेदनकर्ताले सेयरमा आवेदन दिएको कुनै न कुनै प्रमाण देखाएको आधारमा छुट पाउने छन् । उक्त योजना माघ ५ गतेदेखि १ बर्षसम्मका लागि लागु हुने छ ।