Tuesday, December 3Nepal News Portal
Shadow

तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८५ अर्ब बचतमा


काठमाडौं । चालु आर्थिक वर्ष २०८१८२ को पहिलो तीन महिना (साउन–असोज) मा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष यसै महिना शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा थियो ।

आयात बढ्न नसक्नु, रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च हुनुसहित कारण शोधनान्तर स्थिति बचतमा रहेको देखिन्छ । यसले चालु खातासमेत बचतमा छ ।

यस अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ बचतमा देखिन्छ । अघिल्लो आव सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता ८३ करोड ४० लाख बचतमा छ । अघिल्लो वर्ष ४४ करोड ९४ लाख डलर बचतमा थियो ।

समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको तुलनामा यी दुवै बढेको अवस्था हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्