Tuesday, December 3Nepal News Portal
Shadow

अलैंचीको मूल्य उच्च विन्दुमा


काठमाडौं । कालो सुनको नामले चिनीने अलैंचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ ।

ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैंची प्रतिमन एक लाख एक हजारमा कारोबार भइरहेको छ ।

ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैंचीखेती गरिंदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ ।

अलैंचीको मूल्यमा निरन्तर वृद्धिले किसानहरूमा उत्साह थपेको छ । फक्ताङलुङ गाएँपालिका–५ का किसान पूर्ण लिम्बू भन्छन्, ‘यो वर्षको मूल्यले विगतका घाटा पूरा गर्न सहयोग गर्नेछ, हामीलाई यस्तो मूल्यमा अलैंची बेच्न पाउनु ठूलो कुरा हो ।’

यद्यपि मूल्य वृद्धिले उत्साह थपे पनि व्यवसायीहरू सावधानी अपनाउनुपर्ने बताउँछन् । मौसम, बजारको स्थिरता र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

अलैंचीले ताप्लेजुङका किसानलाई आय आर्जनको मुख्य स्रोतका रूपमा राहत दिएको छ । मूल्य वृद्धिले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याएको छ । अबका दिनमा पनि अलैंचीको मूल्य स्थिर रहने र अन्तर्राष्ट्रिय बजारमा नेपालको अलैंचीको माग बढ्ने अपेक्षा गरिएको छ । किसानहरूले गुणस्तर कायम राख्ने र उत्पादनमा ध्यान दिनुपर्ने चुनौती रहेको छ ।अलैंचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
६ मङ्सिर, फुङ्लिङ९ताप्लेजुङ० । कालो सुनको उपमा पाएको अलैंचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैंचीको आज गुणस्तरका आधारमा प्रतिमन ९४० किलोग्राम०को एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ ।

ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैंची प्रतिमन एक लाख एक हजारमा कारोबार भइरहेको छ ।

ताप्लेजुङमा साउनदेखि अलैंची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरुमा अहिले पनि टिपाइ भइरहेको छ । मङ्सिर अन्तिम साता सम्म टिपाइ हुने गर्दछ । साउनदेखि यस वर्ष अलैंची बजारमा आउन थालेको अलैंची व्यवसायीको भनाइ छ । सुरुवाती समयमै प्रतिमन ६० हजारभन्दा माथि मूल्य पाइयो ।

ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैंचीखेती गरिंदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ । यस वर्षको उत्पादन राम्रो भएकाले किसानहरू पनि उच्च आम्दानीको अपेक्षामा छन् ।

यद्यपि मूल्य वृद्धिले उत्साह थपे पनि व्यवसायीहरू सावधानी अपनाउनुपर्ने बताउँछन् । मौसम, बजारको स्थिरता र गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

अलैंची उत्पादनलाई अझ वृद्धि गर्न किसान आधुनिक प्रविधि अपनाउन थालेका छन् । सुकाउने प्रक्रियामा सुधार, राम्रो बीउको छनोट र जैविक मलको प्रयोगले उत्पादन वृद्धि हुने आशा गरिएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधि र जानकारीमा सहयोग गरिरहेको जनाएको छ ।

अलैंचीले ताप्लेजुङका किसानलाई आय आर्जनको मुख्य स्रोतका रूपमा राहत दिएको छ । मूल्य वृद्धिले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याएको छ । अबका दिनमा पनि अलैंचीको मूल्य स्थिर रहने र अन्तर्राष्ट्रिय बजारमा नेपालको अलैंचीको माग बढ्ने अपेक्षा गरिएको छ । किसानहरूले गुणस्तर कायम राख्ने र उत्पादनमा ध्यान दिनुपर्ने चुनौती रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्