Tuesday, December 3Nepal News Portal
Shadow

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौं । डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी १९औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

बैंकले गत वर्ष पनि १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्