Thursday, July 17Nepal News Portal
Shadow

फोहोर व्यवस्थापनमा राजनीति नगरौंः मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान ले फोहोर व्यवस्थापनको विषयमा कसैैले पनि राजनीति गर्न नहुने जनाएका छन् ।

आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा राजनीति गर्न नहुने बताएका हुन् ।

फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्दै उनले भने,‘ देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्नसक्छौं र

संघीयताको मर्मअनुसार तीनै तहका सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको धारणा छ ।

मन्त्री सिंहले भने, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको छ । स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौं । छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो । छलफलपछि के एक्सन भए भन्ने विषयका समाचारहरू बन्न आवश्यक छ ।’

‘संघीयताको स्पिरिटअनुसार तीन तहको जुन सरकार छ । कुनैपनि सरकारले मिनिमाइज नगरिकन निर्णय गरेर फोहोर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनैपर्छ,’ उनले भने, ‘फोहोरमैलामा राजनीति गरेर त भएन नि त । कुरा आदर्शको गर्ने काम चाहिँ ठीक विपरीतको गर्ने ?’

फोहोर व्यवस्थापन सबैको सरोकारको विषय भएको भन्दै उनले फोहोरमैलाको सवालमा पनि विधिको शासनअनुसार चल्नुपर्ने बताए ।

शहरी विकास मन्त्रालयमा आज बिहान बसेको फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा मन्त्री सिंहसहित ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायत सहभागी थिए । बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह भने उपस्थित भएनन् । काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी थिए ।

यसैगरी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु तथा धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी थिए

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैैले पनि राजनीति गर्न नहुने जनाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

प्रतिक्रिया दिनुहोस्