काठमाडौं । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ४५.९३ अंकले घटेको बजार सोमबार १२.८४ अंकले घटेर २,६७६ विन्दुमा बन्द भएको हो ।
सोमबार कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार कारोबारमा आएका कम्पनीहरुमध्ये ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । बाँकी रहेका १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।