काठमाडौं । मंगलबार पनि नेपाल नेप्से परिसूचक घटेको छ । सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंंकले घटेर २,६६९ विन्दुमा बन्द भएको हो ।
आज ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको ८७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ तेस्तै बाँकी रहेका १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्टक्चरको भएको छ । कम्पनीको १८ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।