काठमाडौं । केही दिन देखी निरन्तर घटेको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ । अघिल्लो कारोबार दिन मंगबलार ६.३२ अंंकले घटेको बजार बुधबार ४५.८८ अंकले बढेर २,७१५.७१ विन्दुमा बन्द भएको हो ।
बुधबार कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ५ करोड ६लाख रुपैयाँ बराबरको १ करोड १३ लाख कित्ता शेयर खरिद विक्री भएको हो । बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये २११ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको छ तेस्तै बाँकी रहेका ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ । कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।