Monday, March 17Nepal News Portal
Shadow

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो


काठमाडौं । शुक्रबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्