काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार २८.९१ अंकले बढेको छ । केही दिन देखि लगातार घटेको बजारमा सोमबार सुधार आएको हो ।
सोमबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २,६१२.२० विन्दुमा बन्द भएको हो ।
सोमबार ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको ८९ लाख ८ हजार कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । बाँकी रहेका ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।