काठकाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यममार्फत डिजिटल भुक्तानीको प्रयोग प्रोत्साहित गर्न बिगमार्टमा विशेष क्यास ब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत सानिमा डेबिट र क्रेडिट कार्डको माध्यमबाट बिगमार्टमा सामान खरिद गर्दा ग्राहकहरुलाई १० प्रतिशतसम्म क्यास ब्याक वा अधिकतम रु २०० सम्मको क्यास ब्याक प्राप्त हुने व्यवस्था गरिएको छ । यो अफर पुस १९ देखि २०८२ सालको पुस १६ सम्म लागु हुनेछ ।
बिगमार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी कुल १०७ आउटलेट सञ्चालनमा छन्।
सानिमा बैंकले यस अफरमार्फत डिजिटल भुक्तानीको अधिकतम प्रयोग प्रोत्साहित गर्दै ग्राहकहरुलाई विभिन्न छुट र अफर प्रदान गर्ने कार्यलाई निरन्तर जारी राखेको छ । सानिमा बैंकको देशभर १३४ कार्यालय र १२५ ए.टी.एम. सेवा उपलब्ध छन् ।