Wednesday, January 15Nepal News Portal
Shadow

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढ्यो


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ५.१० अंकले बढेको बजार आज ४.६३ अंकले बढेर २,५८६.२३ विन्दुमा बन्द भएको हो ।

बिहीबार ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । बाँकी रहेका ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज ङादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्