Monday, February 10Nepal News Portal
Shadow

धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई ६ महिने अवधिका लागि मुद्दतीमा राख्न ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट प्रस्ताव आह्वान गरेको छ । यसका लागि इच्छुक बैंकहरूले ६ महिने ब्याज दरसहित आजको मितिले ३ कार्यदिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।

शिलबन्दी फाराम बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिने जानकारी दिइएको छ। साथै, थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ । प्रस्ताव पेश गरिएको शिलबन्दी सोही दिन अपरान्ह १ः३५ बजे बोर्डको कार्यालय खुमलटारमा खोलिने जनाइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्