काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।