Sunday, April 13Nepal News Portal
Shadow

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा


काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि गत असार १३ गते सर्वसाधारणमा विक्री खुला गर्दा समेत विक्री नभएको यी शेयर पुनः विक्री आव्हान गरेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । आवेदन गर्दा सम्पूर्ण कित्ता माग गर्दै गर्नुपर्ने व्यवस्था रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्