Sunday, March 16Nepal News Portal
Shadow

सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढ्यो


काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार १२.५८ अंकले बढेको बजार आज ६.७८ अंकले बढेर २,६०७.९९ विन्दुमा बन्द भएको हो ।

आज ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ११८ कम्पनीको शेयर बढ्दा ११७ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज मानुषी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिभर फल्स पावरको भएको छ । कम्पनीको २४ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्