Friday, July 12Nepal News Portal
Shadow

दुई व्यक्ति मृत फेला


काठमाडौं, (ससं) । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ बस्ने ४५ वर्षीय जितबहादुर भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्।
घरमा कोही कसैलाई नसोधी हिँडेका भण्डारीलाई खोजी गर्ने क्रममा घरदेखि करिब ६ सय मिटर टाढा सोही गाउँपालिका–१ खोप्चा भिरमा उनको शव फेला परेको हो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित अदालत खोटाङमा कार्यरत तामिलदार ३६ वर्षीय कमलदिप ढकाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्