Sunday, March 16Nepal News Portal
Shadow

प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पो उद्घाटन गर्ने


काठमाडौं । उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेसन तथा इन्भेष्टमेन्ट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले आगामी माघ १२ गते शनिबार विराट एक्स्पो उद्घाटन गर्ने निर्णय भएको उद्योग संगठन मोरङले जनाएको हो ।

संगठनले यसपटकको आठौं संस्करणको विराट एक्स्पो आगामी माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना गर्ने तथा कार्यक्रम उद्घाटन माघ ११ गतेका लागि निर्धारण गरिएकोमा केही प्राविधिक विषय व्यवस्थापनका कारण एक दिन पछि सार्नुपरेको संगठनले बताएको छ।

युवा उद्यमशीलता प्रवर्द्धनमा फोकस यसपटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिनेछ ।

उद्यम तथा व्यवसायका लागि संगठनको सेन्टर फर एक्सिलेन्स, रोजगारका लागि रोजगार कोसी पेभिलियन, डिजिटल प्रविधि सोकेस, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सिलिङ, आइडियालाई उद्यमशीलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेसन झल्काउने थिमेटिक फेसन शो, दैनिक विद्यार्थी लक्षित उद्यमशीलता माइन्डसेटसम्बन्धी प्रशिक्षण कार्यशाला, कफीसम्बन्धी लाटेआर्ट प्रतिस्पर्धा, टेस्टिङ, दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्