Monday, March 17Nepal News Portal
Shadow

उच्च अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार ५.०८ अंकले बढेको बजार बुधबार ५२.३६ अंकले बढेर २,६६५.४५ विन्दुमा बन्द भएको हो ।

आज ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १९६ कम्पनीको शेयर बढ्दा ३७ कम्पनीको शेयर घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ६१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्