Monday, February 10Nepal News Portal
Shadow

नेप्से परिसूचक ११.१० अंकले घट्यो


काठमाडौं । बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१० अंकले घटेर २,६५४.३५ विन्दुमा बन्द भएको हो ।

आज ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ८६ कम्पनीको शेयर बढ्दा १५० कम्पनीको शेयर घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्टको भएको छ । कम्पनीको ३० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्