काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।