Sunday, April 13Nepal News Portal
Shadow

विद्युतीय व्यापार सम्बन्धि विधेयक चाँडो टुंगोमा पुर्याउनुपर्छः दामोदर भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बारा कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ ।’

साथै उनले समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार हुनसक्ने भन्दै ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्