Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
निर्यात तथ्यांक यथार्थ भएनः प्रधानमन्त्री – Udhyognews.com
Sunday, March 16Nepal News Portal
Shadow

निर्यात तथ्यांक यथार्थ भएनः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपालबाट हुने निर्यात सम्बन्धी तथ्यांक यथार्थ नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्सपो २०२५ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले व्यवसायीहरूले आयातित वस्तु नै निर्यात गरेर व्यापार निर्यातको तथ्यांक देखाइरहनुको केही अर्थ नभएको बताएका छन् । उनले यो तथ्यांक हेरेर रमाउनु जरूरी नभएको समेत बताएका छन् ।

नेपालमा बजारको समस्या नरहेकोले उत्पादन बढाउनु पर्ने र अहिले बनेका व्यापारिक सञ्जाल तथा पूर्वाधारको प्रयोग गर्न सकिने बताए ।

२०८१ साउन महिनादेखि यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो तीन महिनादेखि निर्यातमा उच्च वृद्धि छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्