Sunday, April 13Nepal News Portal
Shadow

प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायोः सांसद भुसाल


काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिपक्ष दलहरूको मागका कारण सरकारले संसद् अधिवेशन आह्वान गरेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद् अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद् अधिवशेन बोलाइएको बताए । उनले आगामी अधिवेशन सयममा संसद् बोलाउन आफूहरूको माग रहेको उल्लेख गरेका छन् । संसद् प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताए ।

उनले भने, दुःखका साथ भन्नुपर्छ । सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो । तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरूको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदि बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो । यसमा सत्ता पक्षका मान्यज्यूहरूले दुःख नमान्नु होला । यो त यथार्थ हो । त्यो वातावरण सिर्जना नहुनु पर्दथ्यो । नियमित अधिवेशन नियमित समयमा चलुन् भन्ने हो । यसले संसद् प्रतिपक्षको हो भन्नेकुरा पुष्टि गरेको छ ।

उनले सरकारले अधिवेशन आह्वान गर्नुभन्दा चार दिनअघि मात्रै अध्यादेश ल्याएको भन्दै विरोध जनाए । अध्यादेश जनताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्