Sunday, April 13Nepal News Portal
Shadow

वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियोः राजेन्द्र पाण्डे


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरंकुश शासनको झल्को दिएको टिप्पणी गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले बितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ । उनले दुईतिहाइको घमण्ड नगर्न सत्तारूढ दलका नेताहरूलाई आग्रह गरे ।

उनले दुईतिहाइको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताएका छन् । प्रधानमन्त्रीले बितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरे पनि सूचकहरूले सकारात्मक नरहेको धारणा राखे । सरकारले अहिलेसम्म बे्रक थ्रुबाहेक केही गर्न नसकेको आरोप लगाए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्