काठमाडौं । आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेको छ । आज नेपाल नेप्से परिसूचक ६९.८० अंकले बढेर २,७२७.५८ विन्दुमा बन्द भएको हो ।
आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये २०२ कम्पनीको शेयर बढ्दा ३७ कम्पनीको शेयर घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।