काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै ३५ अर्ब खिच्ने भएको छ । केन्द्रीय बैंकले बुधबार २० दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले अपरान्ह ३ बजे बोलकबोल गर्नेछ ।
२० दिन अवधिको निक्षेप संकलन उपकरणको फागुन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् ।
उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।