काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा केसीले समयमा नै संसद् नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका हुन् ।
उनले सदन खोलेपछि पनि सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउन नसकेको बताए । अर्थतन्त्र उकास्न अध्यादेश ल्याएको भनिए पनि राजनीतिक दलको चरित्रले मुलुकको अर्थतन्त्र सुध्रिन सक्ने अवस्थामा नरहेको उनको भनाइ रहेको छ ।
उनले सत्ता र शक्तिमा बस्नेहरू भ्रष्टाचारको मतियार भएको आरोप लगाएका छन् । अध्यक्ष केसीले देश र जनताका लागि नभई मुठिभर व्यक्तिको रक्षाका लागि अध्यादेश ल्याएको जिकिर गरे ।