Sunday, March 16Nepal News Portal
Shadow

सोमबार नेप्से परिसुचक १०.९८ अंकले घट्यो


काठमाडौं । सोमबार पनि शेयर बजार घटेको छ । आज नेप्से परिसुचक १०.९८ अंकले घटेर २,६७७.३२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ६ अर्ब ५६ करोड २ लाख रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७७ कम्पनीको शेयरमूल्य बढ्दा १६१ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रिपब्लिक मिडिया लिमिटेडको भएको छ । कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्