Sunday, March 16Nepal News Portal
Shadow

कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २५ हजार ४ सय ६८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी अथवा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

साथै विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नआएको खण्डमा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुलाई बिक्री प्रक्रिया अगाडि बढाइने समेत यस सुचनामा उल्लेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्