Sunday, March 16Nepal News Portal
Shadow

दोहोरो अंकले बढ्यो शेयर बजार


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १९.५६ अंकले बढेर २,६९८.०३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको शेयरमूल्य बढ्दा ६३ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्