काठमाडौं । सोमबार शेयर बजार बढेको छ । आज परिसुचक नेप्से २९.८७ अंकले बढेर २,७२७.९१ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज १० अर्ब ४ करोड ९६ लाख रुपैयाँ बराबरको १८ करोड ८ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १६६ कम्पनीको शेयरमूल्य बढ्दा ७४ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज ६ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।