Monday, April 14Nepal News Portal
Shadow

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार ३.१४ अंकले बढेको बजार आज ११.६६ अंकले बढेर २,७५५.४० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड १२ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ९१ कम्पनीको शेयरमूल्य बढ्दा १४८ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्