Sunday, April 13Nepal News Portal
Shadow

प्रतिवेदन दराजमा सजाउन आयोग गठन भएको होइन्ः अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगल दिएका सुझाव कार्यान्वयन गर्न योजना बनाउने बताएका छन् । शुक्रबार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विगतमा आयोगको प्रतिवेदन दराज सजाइएका भन्दै यस पटक भने सुझाव कार्यान्वयन सरकारले गर्ने बताएका हुन् ।

‘यो समग्र प्रतिवेदनलाई गहिरो रुपमा अध्ययन गर्नेछौं । आयोगको प्रतिवेदनमा सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने छौं । म यो विश्वास दिलाउन चाहान्छु,’ उनले भने ।

उनले थप अगाडि भने,‘विगतमा आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने अनुभव छ । यस पटक दराज सजाउनको निम्ति आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका निम्ति थिए भन्ने स्थापित गर्न सरकारको अभ्यास रहनेछ ।’

उनले आयोगको सुधारका कामहरु निरन्तर अगाडि बढाइरहनुपर्ने ढृष्टिकोणमा सहमति भएको बताए । यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न माग–पक्षीय नीतिहरू मात्र पर्याप्त नभएको आयोगको निष्कर्ष रहेको बताए ।

‘कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नुपर्ने कतिपय भुक्तानी समयमा नगर्नू, व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ,’ उनले भने ।

संरचनात्मक अवरोधलाई कम गर्दै आर्थिक अवसर सिर्जना गर्ने प्रोत्साहन गर्ने र अवसरमा सबैको पहुँच पुर्याउने दिशामा सरकारका नीति र कार्यक्रमहरू लक्षित हुनुपर्ने पनि उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्