Sunday, April 13Nepal News Portal
Shadow

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः विष्णु पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताएका हुन् ।

उनले भने,‘ हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरुले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’

त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्