Sunday, April 13Nepal News Portal
Shadow

अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । चितवनको भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले विकसित घटनाक्रमले अब नयाँ सरकार बन्ने बताएका हुन् ।

उनले भने, ‘नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको छ । अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ ।’

उनले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज नभएको दाबी गरे । उनले वर्तमान सरकारप्रति चौतर्फी रुपमा असन्तुष्टि र आवेग देखिएको बताए।

प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए। उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न, आत्मालोचना गर्न तथा जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्