Thursday, December 5Nepal News Portal
Shadow

नेपालमा कोरोना खोपको आपतकालिन प्रयोगका लागि  अनुमति


काठमाडौं, (ससं) । औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । विभागको शुक्रबार बसेको बैठकले खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएको सूचना अधिकारीले बताएका छन् । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको भारतको सेरम इन्सिटिट्युटले उत्पादन गरिरहेको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्