Sunday, February 16Nepal News Portal
Shadow

माघ १६ गते काठमाडौंमा दाहाल-नेपाल समूहले शक्ति प्रदर्शन गर्ने


काठमाडौ, (ससं) । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार (आज) बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।
यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तोकिएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रममा जोड दिने भएको छ ।

बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्‌मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्