Tuesday, December 3Nepal News Portal
Shadow

आज देशभरको मौसम कस्तो छ ?


काठमाडौ, (ससं) । देशका अधिकांश क्षेत्रको मौसम शनिबार (आज) आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ ।

प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरि राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्