काठमाडौं, (ससं) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको पुष्टि गरेका छन् । दाङको घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रचण्डको प्रशंसा गरेका हुन्।
‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओलि हो’, उनले भने, ‘देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ।’
यस्तै उनले केपी ओलीले संविधानविपरीत कार्य गरेको आरोप लगाएका छन्।
दाङको तुलसीपुरमा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्न आएका नेपालले पत्रकार सम्मेलनमा संसद विघटन संविधान विपरीत रहेको जिकिर गरेका हुन्।
‘केपी ओलीमा कुनै नैतिकता छैन। अहमता र तानाशाह प्रवृत्ति छ’, उनले भने, ‘दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन।’
भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ आएका छन्।