Sunday, February 16Nepal News Portal
Shadow

मिस मंगोलसँग बिहे गर्दै मुख्यमन्त्री राई


काठमाडौं, (ससं) । प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईको विवाह मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पा सँग हुने भएको छ । मुख्यमन्त्री राई र मिस मंगोल जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताएका छन्। स्रोतका अनुसार विवाह काठमाडौँमा हुने भएको छ।

काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्