काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्डबाट कम्युनिष्ट आन्दोलन र मुलुको समृद्धिमा बाधा खडा भएको दावी गरेका छन् ।
प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा फसेको छ । कम्युनि आन्दोलनिष्ट अन्यौलग्रस्त स्थितिमा छ । उहाँले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आउनुभयो । यहाँसम्मकी कम्युनिष्टमा बचेका कुरा पनि ध्वस्त गर्नु लाग्नुभयो । कम्युनिस्ट आन्दोलनलाई सफल गर्न र मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ । देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ ।
हाम्रो पार्टी एकतापछि अब नेपाल समृद्ध हुन्छ । कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले ठूलो आशा पालेका थिए । केही नेताहरुका कारण त्यो सपना पुरा हुनु सकेन । अहिले देश गम्भीर संकटबाट गुर्जिएरहेको छ । हाम्रो पार्टी र आन्दोलन गम्भीर मोडमा छ । त्यसको समीक्षा जरुरी छ, साहले भने, पार्टी एकताका बेला सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत अध्यक्ष हत्याउने काम मात्र भएन । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अस्थिरता पैदा गराउने प्रयास भयो । यस्ता हर्कतले अहिलेको अवस्था सिर्जना भएको हो ।
प्रचण्डको अहिले गरेको कार्य अनौठो नभएको उनले बताएका छन् ।
ुकेही साथीलाई लागेको होला । प्रचण्डजीले यसरी किन गर्नुभयो । तपाईंहरुका लागि अनौठो होला । तर पूर्वमाओवादीका लागि, प्रभु साहका लागि त्यो अनौठो होइन । माओवादीमा प्रचण्डजी ३० वर्षदेखि अध्यक्ष हुनुहुन्थ्यो । उहाँले गरेको यही काम हो । उहाँले आफ्नो पदका लागि न कहिले सहयोद्धा चिन्नु भयो, न आफ्नो प्रतिबद्धता चिन्नुभयो, न विचार चिन्नु भयो, न आफ्नो पहिचान चिन्नुभयो, साहले भने ।
प्रचण्डले पदका लागि अडान छोड्दै गएर माओवादी मुभमेन्टको व्यपार गरेको उनको आरोप थियो । यस्तै उनले तत्कालीन माओवादी पार्टी पनि ओलीसँगै रहेको बताए । माओवादी कहाँ छन् भन्ने साथीहरुलाई लागेको होला । माओवादी पार्टी जहाँ केपी ओलीजी हुनुहन्छ त्यही छ । मुट्टीभर मान्छे मात्र प्रचण्डजीसँग छ, साहले भने ।
यस्तै उनले माधव नेपाल र झलनाथ खनालले केही गर्न सक्दिन भनेर हात उठाएका नेताहरुका रुपमा चित्रित गरे । उनले भने, उहाँहरुले देश बनाउछु भन्नु गोरुले दुध दिन्छ भने जस्तै हो ।