Tuesday, November 11Nepal News Portal
Shadow

अब न्यायका लागि विद्रोह गर्छौँः लक्ष्मण थारु


धनगढी
उच्च अदालत दीपायलले जन्मकैदको फैसला सुनाएपछि लक्ष्मण थारुले अब न्यायका लागि विद्रोह गर्ने बताएका छन् । टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका थारुले शनिबार (आज) पत्रकार सम्मेलन गरी न्यायका लागि विद्रोहमा जाने बताएका हुन्।

उनले पत्रकारहरुसँग भने, ‘हामी विभिन्न पक्षहरुसँग मिलेर कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने तयारीमा छौँ।’

थारुले प्रधानमन्त्रीको इसारामा उच्च अदालतले फैसला गरेको बताउँदै न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने बताएका छन् । अहिले संसद विघटन गरेर ओलीले बेइमानी गरेको आरोप थारुको छ।
जिल्ला अदालत कैलालीको आदेशपछि तीन वर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार रहेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्