Wednesday, October 16Nepal News Portal
Shadow

उपत्यकामा बर्डफ्लु देखिएपछि भारतबाट पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक


काठमाडौं, (ससं) । उपत्यकामा बर्डफ्लु देखिएपछि सरकारले पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक लगाएको छ। पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला फटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा गत शुक्रबार बर्डपल्लु पुष्टि भएकाले भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिएको हो।

विभागले रोग पुष्टि भएको क्षेत्रबाट रोग नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरेको थियो।

हाल रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिसकिएको विभागले जनाएको छ।

१८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाएको विभागले जनाएको छ।

यसका साथै विभागले शनिबार उक्त क्षेत्रलाई पूर्ण नियन्त्रण लिएको जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्